म्याग्दी। कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा ‘रक एङ्करिङ’ गरिएको छ। उक्त सडक खण्डको पहिरोबाट जोखिम रहेको क्षेत्रमा ‘रक एङ्करिङ’ गरिएको हो।
‘रक एङ्करिङ’ नयाँ प्रविधिा हो। उक्त प्रविधि अनुसार सडकमाथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षरोपण गरिएको बताइएको छ।
वर्षैपिच्छे वर्षायामको समयमा पहिरो गएर समस्या भोग्नुपरेपछि पहिरो रोक्नको लागि नयाँ प्रविधि प्रयो गरिएको बताइएको छ। उक्त प्रविधिबाट गरिएको काम अन्तिम चरणमा पुगेको बताइएको छ।
सो नयाँ प्रविधिको काम युवराज कन्स्ट्रक्सन निर्माण कम्पनीले गर्दै आएको छ।
‘रक एङ्करिङ’ गरेपछि सधैजस्तो पहिरोको त्रासबाट बच्ने विश्वास गरिएको स्थानीयले बताए।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा उक्त प्रविधि प्रयोग गरेर पहिरो रोकीएको हो।