नवलपरासी। गोपिगञ्ज–बेलाटारी सडक निर्माणको काम दशैँ अगाडीनै सम्पन्न गरिने भएको छ। हुलाकी राजमार्ग अन्तर्गतपर्ने उक्त सडकको तीन किलोमिटर बेस निर्माणको काम दशैं अगाडीनै सम्पन्न गरीने भएको हो।
उक्त सडक ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीले निर्माण गरिरहेको छ। सडक निर्माण समयमा नभएसी दवाब दिन प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव अनशन बसेका थिए। सडक निर्माणको काम समयमै गर्ने सहमती भएपछि उनले अनशन तोडेका हुन्।
सहमती भएको समय भित्रमा सडक निर्माण सम्पन्न नभएमा निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइने बताइएको छ।