काठमाडौं। काठमाडौं तराई/मधेश द्रुतमार्ग आयोजनाको परियोजना प्रमुखको जिम्मेवारी उपरथी कमलबिक्रम शाहले पाएका छन्। हालका परियोजना प्रमुख सहायक रथी विकास पोखरेलले अवकाश पाउने भएपछि परियोजना प्रमुखको जिम्मेवारी शाहलाई दिइएको हो।
म्याद थप नभएपछि सोमबारबाट अवकाशमा जाने पोखरेल अवकाशमा जानुअघि नै बिदा बसिसकेका छन्।
शाह यसअघि पनि आयोजनाको प्रमुख रहिसकेका छन् । उनी हाल सेनामा इञ्जिनियरिङ विभाग प्रमुख समेत छन् ।