काठमाडौं। प्रदेश नं. एक अन्तर्गत सुन्सरीमा कोशी गाउँपालिकाको कार्यालयले सडक कालोपत्रे गर्न आव्ह्वान गरेको छ। सडक कालोपत्रे नहुँदा स्थानीयले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै बोलपत्र आव्ह्वान गरेको हो।
गाउँपालिकाको वडा नं. ३ जमुवा कालोपत्रे देखी सुनार कृष्ण आधारभुत खानेपानी जहाँगीर अन्सरी अजिज अन्सरी घर हुँदै हरिपुर शाखा जोड्ने सडक कालोपत्रे गर्न आव्ह्वान गरेको छ। उक्त सडक कालोपत्रेको लागी दश लाख भन्दा माथीको लागत छुट्टयाइएको छ। यस ठाउँमा गर्मी बढी हुने हुँदा ग्राभेल सडकमा उड्ने धुलोले आवतजावतमा मात्र नभएर सर्वसाधारणको स्वास्थ्यमा पनि नकारात्मक असर पार्दै आएको छ।
सडक कालोपत्रे नहुँदा यात्रा गर्ने यात्रीहरु आफ्नो गन्तव्य स्थल समयमा पुग्न नसक्ने, सर्वसाधारण लाइ आवतजावत गर्न सास्ती भोग्दै आउनु परेको छ। सडक हिउँदमा धुलाम्य हुने र बर्खामा पानीले हिलाम्य हुने हुँदा सवारी साधन चलाउन पनि समस्या भएको सवारी साधन चालकहरुको गुनासो छ। सडकको कालोपत्रे पछि यस्ता खालका समस्या भोग्नु नपर्ने आशा गरिएको छ।