पर्वत। कालिगण्डकी करिडोर अन्तर्गतको मालढुंगा–बेनी सडक मर्मत गर्न सुरु गरिएको छ। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको लामो समयपछि मर्मत गर्न सुरु गरिएको हो।
सोमबार बिहानबाट सडक मर्मत सुरु गरिएको बताइएको छ। अहिलेको लागि गाडी आवतजावत गर्न मिल्ने गरि मर्मत गरिने र वर्षा रोकिएसँगै स्तरोन्नति गरिने आयोजनाले बताएको छ।
निर्माण कम्पनीलको लापरबाहीका कारण लामो समयदेखि यो सडक स्तरोन्नति नहुँदाँ स्थानीय लगाएत पर्यटकले निकै सास्ती खेप्नु परेको थियो। अब सडक मर्मत भएपछि केही सहज हुने विश्वास गरिएको स्थानीयले बताए।