काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक सडक सञ्जाल गुरुयोजना सबैको अपनत्व हुनेगरी टुंग्याउने बताएका छन्। उनले गुरुयोजना निर्माणको कामको कामलाई जिल्ला तहमा छलफल गरेर अन्तिम रुप दिने बताएका हुन्।
प्रदेश स्तरका हाइवे बनाउने र प्रदेश स्तरका सडक कती लामो बनाउने। एउटा जिल्लामा कती सडकमा प्रदेशबाट कायम गर्ने भन्ने बारेमा समेत जिल्लामा छलफल गरेर टुंग्याउने उनको भनाइ छ।
लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । यो ऐनलाई कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले अहिले प्रादेशिक सडक गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।