फाइल तस्बिर
काठमाडौं। सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम आधा सकिएको छ। आयोजनाको कुल ११ सय २६ मिटरको मुख्य सुरुङ खन्ने काम हालसम्म ५४५.५७ मिटर सकिएको हो।
बाइपासतर्फ पहिलो बाइपास १५१ मिटर खन्ने योजना छ । यसमध्ये १३७.२ मिटर खन्ने काम सकिएको छ ।
बाइपास दोस्रो १६१ मिटरमध्ये ११७ मिटर खनिएको छ । बाइपास तेस्रोतर्फ १३० मिटरमध्ये १२३.४ मिटर खनिएको आयोजनाले जनाएको छ ।
चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले निर्माण गरिरहेको आयोजनामा हाल टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण भइरहेका छन्।
आयोजनाले सार्वजनिक गरेको अपडेट अनुसार हालसम्म आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत पुगेको