काठमाडौं। लुम्बिनी–तिलौराकोट सडकलाई बोधिवृक्ष करिडोर बनाइने भएको छ। बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको दरबार रहेकोतिलौराकोटसम्मको सडकलाई बोधिवृक्ष करिडोर बनाउन सडकको दुबैतर्फ बर, पिपल लगायतका विरुवा रोप्न लागिएको हो।
यो सडकलाई बोधिवृक्ष करिडोर बनाउन पहिलो चरणमा आज र भोलि पिपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार विरुवा रोपिने छ।
वृक्षारोपणका लागि भारतको उत्तरप्रदेश,उत्तराखण्ड,हिमाञ्चल, उडिसालगायत प्रदेशबाट २५ जना र जनकपुरबाट २५ जना वन प्राविधिको टोलीले विभिन्न जातका बिरुवा ल्याएर आएका छन् ।
अभियानमा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहले करिब एक हजार बिरुवा उपलब्ध गराउने भएको छ ।