काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा–मुग्लिन सडक मर्मतमा हेल्चेक्रयाइँ नगर्न निर्देशन दिएका छन्।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा मन्त्री दाहालले नागढुंगा–मुग्लिन सडकखण्ड संघीय राजधानीलाई देशका विभिन्न भाग जोड्ने ‘लाइफलाइन’ भएकाले हेल्चेक्र्याइँ नगरी लक्ष्य अनुसार कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन्।
उनले तत्काल समस्या समाधानको रूपमा चाडपर्वमा विनाअवरोध सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन र दीर्घकालीन रूपमा लक्ष्य अनुसार काम गरी नतिजा निकाल्न समेत आग्रह गरेका छन्।
शुक्रबारको छलफलमा आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको छ।