काठमाडौं। सुर्खेत विमानस्थलको मर्मत कार्य सम्पन्न भएको छ। धावनमार्गको मर्मत कार्य सम्पन्न भएपछि मंगलबारदेखि विमानस्थल नियमित सञ्चालनमा आउने भएको हो।
मर्मत गर्नका लागि विमानस्थल मंसिर १० गतेदेखि बन्द भएको थियो। सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको छ। बुद्धले सुर्खेतमा उडान बन्द भएपछि त्यसको विकल्पका लागि भन्दै नेपालगञ्जमा उडान थपेको थियो।
नेपालगञ्जमा दैनिक ५ उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द भएपछि दैनिक ६ उडान पुर्याएको थियो। सुर्खेतमा हेलिकोप्टरको उडान भने रोकिएको थिएन।
विमानस्थल भोलिदेखि नियमित सञ्चालनमा आउने भन्दै वायुसेवा कम्पनीहरुले सो विमानस्थलका लागि काठमाडौंबाट टिकट बिक्री समेत खुला गरेका छन्।