फाइल तस्बिर
काठमाडौं। नवलपरासीको सुनवल नगरपालिका‐२ मा करिब १९ करोड लागतमा शीतभण्डार निर्माण गरिएको छ। संघीय, स्थानीय सरकार र सहकारीको १९ करोड ४२ लाख लागतमा शीतभण्डार निर्माण गरि सञ्चालन गरिएको हो।
शीतभण्डार निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ।
नवलपरासी, रुपन्देही र कपिलवस्तुसम्मका किसानको कृषि उपज भण्डारण गर्न सक्ने
शीतभण्डार तीन हजार मेट्रिक टन क्षमताको छ। अहिले शीतभण्डारको पाँच वटा चेम्बरमध्ये एउटा सञ्चालनमा ल्याइएको छ।