फाइल तस्बिर
रुकुमपूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखराको सडक बाढीले बिगारेपछि स्थानीयले मर्मत गरेका छन्। शुक्रबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध बनेको सडक स्थानीयले शनिबार मर्मत गरेर सञ्चालनमा ल्याएका हुन्।
बाढीपहिरोका कारण पोखरा गाउँदेखि धाउने हुँदै रुकुमकोटसम्म जाने बाटोमध्ये पोखरातर्फको दुई पांग्रे सवारी र पैदल यात्रा गर्ने बाटो ठाउँ–ठाउँमा बिग्रिएको थियो। शनिबार बिहानै स्थानीय युवाहरूको सक्रियतामा उक्त बाटो मर्मत गरेर संचालनमा ल्याएको स्थानीयले बताए।
उनीहरुले यसअघि पनि बाढी पहिरोले क्षति गरेको बाटो आफूहरुले श्रमदानबाट मर्मत गरि सञ्चालनमा ल्याउने गरेको बताएका छन्। उनीहले भने, ‘अरुको भर परे कहिले बन्छ कहिले। आफैं लागेपछि राति बिग्रेको बाटो बिहान बनाएर सञ्चालनमा ल्यायौं।