डडेलधुरा। वर्षाले क्षती भएको सडक स्थानीयले मर्मत गरिहेका छन्। डडेलधुरा–कञ्चनपुर जिल्लाको सिमाना चुरे पर्वतको दुर्गम बस्ती मलासका स्थानीयले सडक मर्मतको काम गरिरहेका हुन्।
नेपालीहरुको महान चाडपर्व दशैं तिहार नजिकीदैँगर्दा सडक मर्मतमा स्थानीय सरकारले कुनै चासो नदिएपछि आफै मिलेर सडक मर्मतमा जेटेको उनिहरुले बताए।
गैरीखान–चुनापानी खण्ड वर्षाका कारण असार पहिलो हप्तादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभाग्य सामान ल्याउन पनि समस्या भएको स्थानीयको भनाइ छ।
सडक मर्मत गर्न तीन दिनदेखि स्थानीयले काम गर्दै आइरहेका छन्। तीन दिनयता दैनिक ५० देखि ७० जना स्थानीयले सडक मर्मतको काम गर्दै आइरहेको उनिहरुले बताए।