फाइल तस्बिर
काठमाडौं। रामेछापको मन्थलीदेखि सोलुखुम्बुको लुक्ला तथा फाप्लु विमानस्थलमा उडान सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शनिबारदेखि तीन एयरलाइन्स कम्पनीका ६ वटा जहाजलाई उडान अनुमति दिएको हो।
शनिबार देखि औपचारिक रुपमा उडान सुरु भएपनि भदौ ३१ गतेदेखि नै विमानहरुले उडानको तयारी सुरु गरेका थिए। यो क्षेत्रमा उडान सुरु भएसँगै सगरमाथा आधार शिविर सम्मको शरदकालीन पदयात्रा समेत सुरु भएको छ ।