रुकुमपश्चिम। जिल्लाको राप्ती राजमार्गमा पर्ने सानीभेरी नदीमाथि गाराघाट पुल निर्माण सम्पन्न भएको छ। एउटा गाउँपालिका र अर्को नगरपालिकालाई जोड्ने उक्त पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको हो।
सो पुलले जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० लाई जोड्छ। आठ वर्षपछि निर्माण सम्पन्न भएको पुलको पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गरेका हुन्।
तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी २०७३ असार ३१ गते भ्याट बाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी सँग सम्झौता भएको थियो।
आठ वर्षपछि निर्माण सम्पन्न ८० मिटर लम्बाइ भएको पुलमा दुई वटा स्पान रहेको बताइएको छ। नौ करोड ६१ लाख पाँच हजार ११९ रुपियाँमा पुल निर्माण सम्पन्न भएको बताइएको छ।
उक्त नदी माथी पुल नहुँदा स्थानीयले कष्टकर जिवनयापन बिलाई रहेका थिए। दैनिक उपभोग्य सामान ल्याउन समेत समस्या भएको उनिहरुले बताए। अब पुल निर्माण सम्पन्न भएपछि खुशी भएको उनिहरुको भनाइ छ।