काठमाडौं। दक्षिणकाली–सिस्नेरी–कुलेखानी सडक आजदेखि १२ दिन बन्द हुने भएको छ। निर्माणाधीन सडकको अहिले कालोपत्रेको काम भइरहेकाले १२ दिनको लागि बन्द हुने भएको हो।
आज असोज ८ गतेबाट असोज १९ गतेसम्म १२ दिनका लागि सडक बन्द गरिने दक्षिणकाली नगरपालिकाले जनाएको छ। उक्त सडक निर्माणाधीन छ।
दक्षिणकाली– छैमले खण्डमा कालोपत्रे गरिने भएकोले सडक बन्द गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ।