पाल्पा। कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पाको रानीमहल–अर्गली खण्डमा कल्भर्ट निर्माण गरिएको छ। गत असारमा बाढीले बगाएको रानीमहल–अर्गली खण्डमा पर्ने कुरुङखोलाको कल्भर्ट तीन महिनापछि निर्माण गरिएको हो।
कल्भर्ट नहुँदा तीन महिनादेखि यो सडकखण्डमा साना सवारी साधन सञ्चालन हुन सकेका थिएनन्। अहिले वर्षा कम भएपछि कालीगण्डकी करिडोर सडक आयोजना बर्तुङको सहयोगमा कल्भर्ट निर्माण गरिएको हो।