काठमाडाैं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ५५.४० किलोमिटर सडक कालोपत्र गरेकाे छ। महानगरको विभागस्तरीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनमा एक वर्षको अवधिमा ५५.४० किलोमिटर सडक कालोपत्र गरेकाे उल्लेख गरेकाे हाे।
प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा खोला किनारका ३.१८ किलोमिटर क्षेत्रमा रिटेनिङ वाल लगाउने काम भएको उल्लेख गरिएकाे छ। त्यसैगरी ३२.४७ किलोमिटर सडक पेटीमा ब्लक छाप्ने काम समेत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।