काठमाडौं। अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियान सुरु भएको छ। उक्त क्षेत्रलाई फोहोरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको हो।
पदयात्राका लागि प्रसिद्ध रहेको उक्त संरक्षण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ।
आफूहरुले लगेको फोहोर आफैले लिएर फर्किन सबै पर्यटकहरुलाइ अनुरोध गरिएको बताइएको छ।
संकलन गरिएको फोहोरलाई पोखरा ल्याएर प्रशोधन गरिने योजना रहेको बताइएको छ।