काठमाडौं। हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक सडक कुलेखानी–सिस्नेरी–दक्षिणकालीको दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्न सुरु गरिएको छ। बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको सडकमा कालोपत्रेको काम सुरु भएको हो।
सडक कालोपत्रे गर्नका लागि दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मंगलबार (असोज ८ गते) देखि १२ दिन सवारी आउजाउमा रोक लगाएको छ। नगरपालिकाले उक्त सडक बन्द भएकाले सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।
उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।