काठमाडौं। दक्षिणकाली–सिस्नेरी–कुलेखानी सडक पुनः सञ्चालनमा आएको छ। उक्त निर्माणाधीन सडकको दक्षिणकाली– छैमले खण्डमा कालोपत्रे गरिने कार्यको लागि बन्द गरिने भनी जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सवारी आवागमन बन्द गरिने भन्ने सूचना निकालिएको थियो।
सडक कालोपत्रे गर्ने निर्माण ब्यवसायीले अहिलनै निर्माणको काम सुरु नगर्ने भएपछि आजबाट सडक पुनः सञ्चालनमा आएको हो।