काठमाडौं। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कनकासुन्दरी क्षेत्रका पुरातात्विक सम्पदताको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक कनकासुन्दरी मन्दिरको अवलोकन गर्दै मन्त्री भण्डारीले कनकासुन्दरी क्षेत्रमा संरक्षण हुन नसकेका पुरातात्विक सम्पदताको संरक्षणमा नेपाल सरकार र कर्णाली सरकारले प्रथाकिता दिनुपर्ने बताएका हुन्।
उनले कनकासुन्दीमा क्षेत्रमा स्यूवाघ लगायतका पुरातात्विक सम्पदा अहिलेसम्म भग्नावशेष अवस्थामा रहेको तर यसको संरक्षण हुन नसकेको बताए। उनले सिंजाको समग्र सभ्यताको इतिहास महत्वपूर्ण रहेको जोड दिँदै तत्कालीन खस साम्राज्यको राजधानी नेपाली भाषाको उद्गमस्थल सिंजा चिनाउने तत्कालिन रेशमी मार्ग मात्रै खोजी गरेर छोटो मार्ग अगाडि बढाउने हो भने महत्वपूर्ण काम हुने बताए। रेशमी मार्ग चीनदेखि युरोपसम्म हिँड्ने, भेडा, घोडा हिँडाउने मार्ग रहेको खोजी गर्न आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ छ।