काठमाडौं। सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास निर्माण सम्पन्न भएको छ। सुरुङमार्गको १५१ मिटर लम्बाइको पहिलो बाइबास गत भदौ अन्तिम साता र १३० मिटर लम्बाइ भएको तेस्रो बाइपास असोज ४ गते मुख्य सुरुङसम्म खन्ने काम सम्पन्न भएको हो।
तीनवटा बाइपासमध्ये १६१ मिटर लम्बाइको दोस्रो बाइपासको काम सकिन एक हप्ता लाग्ने आयोजनाले जनाएको छ।
सिद्धबाबा सुरुङमार्गको ११२६ मिटर लम्बाइको मुख्य सुरुङ हालसम्म ५८७.२२ मिटर अर्थात आधाभन्दा बढी खनिएको छ। आगामी मंसिरसम्ममा मुख्य सुरुङ पनि खनेर सकिने आयोजनाले जनाएको छ।