काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा, ड्रोन वा बेलुन उडाउन रोक लगाएको छ। नागरिक उड्डयन प्राधिकरणले विमानस्थल वरपर चङ्गा, ड्रोन वा बेलुन उडाउन रोक लगाएको हो।
कार्यालयले आज सूचना निकालेर विमानस्थल वरपर उडान सुरक्षामा असर पर्न सक्ने भएको हुँदा विमानस्थल वरपरको स्थानमा चङ्गा, ड्रोन, बेलुन उडान र लेजर लाइट समेत प्रयोग
गर्न नपाइने बताएको हो।
सूचनाको बेवास्ता गरेर उडान सुरक्षामा असर पर्ने कार्य गरिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने कार्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ।
