काठमाडौं। कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ। निरन्तर वर्षाको कारण पहिरो गएपछि लोकपथ पूर्णरुपमा अवरुद्ध भएको हो।
घट्टेपाखाको सडकमा अविरल वर्षाको कारण खसेको पहिरोले लोकपथ अवरद्ध बनेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध बनेपछि यात्रामा रहेका सवारी साधन बिचबाटोमै रोकिएका छन् भने, यात्रीहरु समयमै आफ्नो गन्तब्यमा पुग्न सकेका छैनन्।
पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेको कारण धेरै ठाउँमा धनजनको क्षती भइरहेको छ।