काठमाडौं। अन्नपूर्ण संरक्षण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउन यो अभियान सुरु गरिएको हो।
पदयात्राका लागि प्रसिद्ध रहेको उक्त संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु गरिएको बताइएको छ।
आफूहरुले लगेको फोहोर आफैले लिएर फर्किन सबै पर्यटकहरुलाइ अनुरोध गरिएको बताइएको छ।
संकलन गरिएको फोहोरलाई पोखरा ल्याएर प्रशोधन गरिने योजना रहेको बताइएको छ।