काठमाडौं। कोहलपुर नगरपालिका वडा नं १५ मा पक्की पुल निर्माण गरिने भएको छ। उक्त नगरपालीकाको वडा नं १५ स्थीत पेडारी खोलामा पक्की पुल निर्माण गरिने भएको हो।
कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने उक्त पुल निर्माण पछि स्थानीयलाई निकै सहज हुने बताइएको छ।
सङ्घीय सरकारको रु सात करोड लागतमा पक्की पुल निर्माण हुने भएपछि स्थानीयहरुपनि खुशी भएका छन्।
पुल नहुँदा बर्खाको समयमा बालबालीकालाई विद्यालय जान समेत समस्या भएको थियो। अब पुल निर्माण हुने भएपछि यस्ता धेरै समस्याबाट बन्चित हुने स्थानीयले विश्वास गरेका छन्।