काठमाडौं। पश्चिम नवलपरासीको सुस्तामा निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलको आज उद्घाटन हुने भएको छ। सुस्ता गाउँपालिका–५ मा बनेको नेपालकै लामो मानिएको पुलको आज राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्न लागेका हुन्।
आज दिउँसो २ बजे राष्ट्रपति पौडेल हेलिकप्टरबाट सुस्ता पुग्ने र पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
तीन वर्षभित्र निर्माण पूरा गर्नेगरी २०७० सालमा साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्ट्रक्नससँग पुल निर्माणका लागि सम्झौता भएको थियो। निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि झोलुङ्गे पुल सम्पन्न भएको हो।