बैतडी। जिल्लाको पाटन पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ। अविरल वर्षासँगै आएको पहिरोको कारण उक्त सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरीका कार्यालय बैतडीका अनुसार आज बिहान अर्तोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्ध बनेपछि यात्रामा रहेका सवारी साधन बिचबाटोमै रोकिएका छन्। सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।