फाइल तस्बिर
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय हुलाकी सडक सहज रुपमा सञ्चालन गर्न केन्द्रित रहेको बताएका छन्।
धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले कमला नदीको पुलको समस्या समाधान गरेर सडक सञ्चालनमा ल्याउने सरकारको प्राथमिकतमा रहेको बताएका हुन्।
उनले कमलामा रहेको पुरानो पुललाई मर्मत गर्ने की नयाँ पुल बनाउने विषयमा प्राविधिकहरूले अध्ययन गरिरहेको जानकारी समेत गराए। मन्त्री दाहालले २४ लाखको लागतमा बन्ने पुल सञ्चालन गर्न दुई किलोमिटरसम्म पक्की बाँध बनाउन ७० करोड लगात लगाउने अध्ययन गरिएको बताए।