काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा नारायणी नदीमाथि बनेको नेपालकै लामो झोलुङ्गे पुलको उद्घाटन गरेका छन्। राष्ट्रपति पौडेलले आज दिउँसो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरेका हुन्।
पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले स्थानीयले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको समेत उनले बताए।
डबल स्प्यानको यो झोलुंगे पुल १५७२ मिटर लामो छ । तीन वर्षभित्र निर्माण पूरा गर्नेगरी २०७० सालमा साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्ट्रक्नससँग पुल निर्माणका लागि सम्झौता भएको थियो। निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि झोलुङ्गे पुल सम्पन्न भएको हो।