काठमाडौं। आज पोखरामा मिनी सडक महोत्सव हुने भएको छ। आज पर्यटन दिवसको अवसर पारेर सडक महात्सव हुने भएको हो।
सडक महोत्सवको आयोजना रेस्टुरेन्ट एन्ड वार एसोसिएसन पोखराले गरेको छ। अम्बोटबाट बाराही चोकसम्म आज बेलुका साढे ४ बजेबाट सुरु गरिने आयोजकले जनाएको छ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले आन्तरिक र बाह्य पर्यटक पोखरा भित्राउन सहयोग पुग्ने विश्वास गरिएको आयोजक समितीले जनाएको छ।