फाइल तस्बिर
काठमाडौं। मौसम खराबिका कारण देशभरका विमानस्थलमा हवाइ उडान प्रभावित बनेको छ। देशका केही सिमित विमानस्थलबाहेक अधिकांश विमानस्थलबाट आन्तरिक उडान हुन नसकेको हो।
जनकपुर, भैरहवा, सिमरा र धनगढीमा मात्र उडान भएका छन्। पहाडी र हिमाली क्षेत्रका अधिकांश उडान रद्द गरिएको बताइएको छ।