काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सञ्चालनमा आएको छ। मर्मतका लागि भर्दा २४ गतेबाट बन्द गरिएको केबलकार बिहीबारदेखि सञ्चालनमा आएको हो।
केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गरेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ।
कम्पनीका अनुसार केबलकार आवश्यकताअनुसार मर्मत गरिँदै आएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले गत जेठ ३१ गतेबाट व्यावसायिक रूपमा बन्दीपुर केबलकार सुचारु गरेको थियो।