काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत चराङ–छोसेर खण्डको काम अन्तिम चरणमा पुगेको छ। चराङ–छोसेर खण्डको काम हालसम्म ९१ प्रतिशत सम्पन्न भएको हो।
कालीगण्डकी करीडोरअन्तर्गत जोमसोम–कागबेनी सडकको भने कालोपत्रको काम पूरा भएको छ। यस क्षेत्रमा अहिले फर्निचरको काम अन्तिम चरणमा पुगेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्ने काम भएको छ।