मकवानपुर। भीमफेदी–कुलेखानी सडक अवरुद्ध भएको छ। अविरल वर्षासँगै आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो।
भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रामा रहेका सबै सवारी साधनहरु बिचबाटोमै रोकिएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।