फाइल तस्बिर
सल्यान। राप्ती राजमार्गको कपुरकोट–राम्री सडकमा आइतबारसम्मका लागि ठूवा सवारी सञ्चालनमा रोक लगाइएको छ। सडक डिभिजन कार्यालय दाङले बिहीबार एक सूचना जारी गरी सडक मर्मतका लागि भन्दै शुक्रबारदेखि आइतबारसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको हो।
कपुरकोटदेखि राम्रीकोबीचमा पहिरो जाने मात्र नभई सडक समेत भासिएकाले मर्मतका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको छ।
भारवहन गाडीलाई रोक लगाएपनि अन्य गाडीहरु भने सुचारु रहेका र यात्रुहरु आउजाउ गरिरहेछन्।
वर्षातले क्षति भएका सडक अहिलेसम्म मर्मत हुन नसकेका र लगातार दुई दिनदेखिको वर्षातले चिराचिरा, हिलाम्मे, ठाँउठाँउमा पहिरोका साथै ढुंगामाटो थुप्रिएका कारण नियमित सवारी साधन चल्न नसकेको कार्यालयले जनाएको छ।