फाइल तस्बिर
काठमाडौं। लेदोसहितको पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ। धादिङ धुनिवेशी नगरपालिका–९ खत्रीपौवास्थित सुरूङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि शुक्रबार दिउँसो सडक अवरूद्ध भएको हो।
पहिरो झरेसँगै अहिले सडक दुवैतर्फ अवरूद्ध बनेको छ। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। सडक अवरूद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिने सवारी साधन रोकिएका छन्।