काठमाडौं। बाढीले मेची राजमार्गमा रहेको हेवा खोलाको बेलिब्रिज बगाएको छ। मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा हेवा खोलामा रहेको बेलिब्रिज शनिबार बिहान बाढीले बगाएको हो।
हेवा खोलाको पुल गत वर्षको बाढीले बगाएपछि बेलिब्रिज निर्माण गरिएको थियो। आजको बाढीले उक्त बेलिब्रिज समेत बगाएपछि दशैंका बेला ताप्लेजुङ सहित पाँचथर जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका सडक सम्पर्क विच्छेद भइको छ।