काठमाडौं। रामेछापको सदरमुकाम स्थित मन्थली विमानस्थलमा पानी पसेको छ। तामाकोशीमा पानीको सतह बढेपछि मन्थली विमानस्थलमा पानी पसेको हो।
रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीको जोखिममा परेको छ। हाटे चौरमुनि रहेको खेल मैदान समेत डुबानमा परेको छ।
सुनकोसीमा बाढीको सतह खतराको तह पार गर्दा सिन्धुलीको खुर्कोट र मुलकोट बजार पनि डुबानमा परेका छन् ।