फाइल तस्बिर
काठमाडौं। पृथ्वी राजमार्गको नौबिसेमा पहिरो खस्दा तीन सवारी साधन पुरिएका छन्। धादिङको धुनिबेसी नगरपालिका स्थित नौबिसेमा पहिरो खसेर एउटा बस र दुई वटा साना सवारीसाधन पुरिएका हुन्।
पहिरो खस्नुअघि नै बस र अरु दुईवटा सवारी साधनका यात्रु सवारीबाट बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।