फाइल तस्बिर
चितवन। पहिरोले नारायणगढ–मुग्लिन सडक भाँसिएको छ।अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।
नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको प्रहरीले जनाएको छ। सडक थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको समेत प्रहरीले जनाएको छ। साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।