काठमाडौं। रामेछाप र सिन्धुली जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ। शनिबार सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्कोटमा रहेको मोटेरेवल पुल बगाएको हो।
पुल बगाएसँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौँ आऊ जाऊ गर्नुपर्ने भएको छ ।