काठमाडौं। दाङको दङ्गिशरण गाउँपालिका–३ चखौरामा थारु सङग्रहालय र पार्क निर्माण हुने भएको छ। प्रादेशिक सरकार अन्तर्गतको पर्यटन, ग्रामीण र शहरी विकास मन्त्रालयले सङग्रहालय र पार्क निर्माण गर्ने भएको हो। थारुहरुको मौलिक सँस्किृति तथा ऐतिहासिक पुरातत्त्वलाई जगेर्ना गर्ने उद्देश्यले सो सङग्रहालय निर्माण गर्ने योजना अघि बढाएको हो। आधुनिकीकरणसँगै प्राचिन कला,सँस्कृतिको लोप हुँदै गएको हुनाले भावी पुस्तालाई पुर्खाको गौरव र प्राचिन सँस्कृतिको अवगत गराउने गरी सो सङग्रहालय स्थापना गर्न लागिएको हो।
उक्त सङग्रहालयसँगै निर्माण हुने पार्कले त्यस क्षेत्रको सौन्दयै बढाउनुको साथै पर्यटन प्रवद्धृनमा पनि टेवा पुरुयाउने आशा राखिएको छ। पार्कसँगै सङग्रहालय पनि निर्माण भएपछि सो क्षेत्रमा पर्यटनको आकर्षण बढ्ने विश्वास राखिएको छ। उक्त सङग्रहालयमा प्राचिन थारुहरुको कला, सँस्कृति, भेष, भुष, आभुषण जस्ता मोलिक सँस्कृतिहरु राखिने भएको छ। यसैगरी थारुहरुले बजाउने प्राचिन बाजाहरु पनि राखिने भएको छ। यसले गर्दा सो क्षेत्रको पर्यटन विकास हुने देखिएको छ। सो सङग्रहालयले थारुहरुको प्राचिन, ऐतिहासिक सँस्कृति, परम्परा आदिलाई झल्काउने छ। यसले पिता पुर्खाहरुको आस्था र धरोहरलाई लोप हुनबाट बचाउने अपेक्षा राखिएको छ। यसले आन्तरीक मात्र नभएर बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सक्छ भन्ने विश्वास राखिएको छ।
थारु संग्रहालय तथा पार्क निर्माणका लागि पर्यटन, ग्रामीण र शहरी विकास मन्त्रालयले निश्चित समयसिमा तोकी ठेक्का आह्वानको लागि सुचना प्रकाशित गरेको छ। तोकिएको समयभित्र दर्ता भएका निर्माण कम्पनिहरुमध्येबाट निश्चित मापदण्ड तोकिएको एक निर्माण कम्पनीलाई छनोट गरी निर्माण कार्य अगाडी बढाउने जनाइएको छ।