काठमाडौं। त्रिशूली नदीको बाढीले गोरखाको ठेउवाटारमा रहेको झोलुङ्गे पुल बगाएको छ। शनिबार बिहान गोरखाको सहिद लखन गाउँपालिका–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको हो।
बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको स्थानीयले बताएका छन्। बाढीले गोरखा र धादिङ तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। गोरखाको सहिद लखन–३ सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ।