काठमाडौं। सप्तकोशी नदीको वहाव बढेपछि सवारी साधन आवागमनमा रोक लगाइएको छ। जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी अर्को सूचना जारी नगर्दासम्मका लागि सवारी आवागमनमा रोक लगाएको हो।
आज दिउँसो दुई बजेको मापनअनुसार सप्तकोशीको बहाव पाँच लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
कोशी ब्यारेजका ५६ ढोका खुला गरिएको छ भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरिएको छ।