पाल्पा। सिद्धार्थ राजमार्गको पाल्पा खण्ड आज बिहानबाट एकतर्फी सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो।
राजमार्गको विभिन्न ठाउँमा पहिरो गरएको थियो। उक्त पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
आइतबार बिहानदेखि सिद्धार्थ राजमार्गको बुटवलदेखि स्याङजासम्मको सिमानासम्म एकतर्फि सवारी साधन सञ्चालनमा छ।
धेरै स्थानमा पहिरो खसेको हुनाले पहिरो पन्छाउन निकै समस्या भएको प्रहरीले जनाएको छ। दुईतर्फी नै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।