सिन्धुपाल्चोक। निरन्तर वर्षापछि आएको बाढीले पुल बगाउँदा तातोपानी नाका बन्द भएको छ। भोटेकोशी नदीले लार्चाको पुल बगाउँदा तातोपानी नाका बन्द भएको हो।
बाढीपहिरोबाट कोदारी राजमार्गको लिपिङ पुल, डाक्लाङ र चाकुमा क्षती भएको छ जसको कारण काठमाडौंको यात्रा ठप्प भएको छ।
विभिन्न ठाउँमा पहिरो गइरहेको कारण स्थानीय समस्यामा परेका छन्।