धादिङ। पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। सुख्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग पाँच घण्टापछि सञ्चालनमा आाएको हो।
परेवा भिरमा खसेको पहिरोका कारण सोमबार साँझदेखि सडक अवरुद्ध भएको थियो। सो पहिरोका कारण सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन र यात्रीहरु बिच बाटोमै अलपत्र बनेको थिए।
पहिरो पन्छाएर सडक सञ्चालनमा आएपछि सबै सवारी साधनहरु आफ्नो आफ्नो गन्तब्य तिर लागेको प्रहरीले जनाएको छ।