फिदिम। मेची राजमार्गमा रहेको हेवा खोला घाटमा फड्के हाल्न सुरु गरिएको छ। हिजो (सोमबार) देखि फड्के हाल्न सुरु गरिएको हो।
गत असोज १२ गते आएको बाढीले उक्त खोलाको बेलिब्रिज बगाएपछि तत्कालको लागि फड्के हाल्न सुरु गरिएको हो।
नेपाली सेनाको सक्रियतामा निर्माण गरिदैँ गरेको फड्केबाट मानिस र मोटरसाइकल मात्र आवतजावत गर्न मिल्ने बताइएको छ।
फड्के दुई दिनभित्र निर्माण गरी सकिने सेनाले जनाएको छ। बाढीले पुल बगाएपछि स्थानीय निकै समस्यामा परेका थिए। उनिहरुलाई थोरै भएपनि सहज बनाउनको लागि फड्के निर्माण गरिएको बताइएको छ।